राजधानीमा हिन्दु परम्परामा आधारित पेन्टिङ प्रदर्शनी

१४ फागुन ७६, बिहीबार

१४ फागुन, काठमाडौँ ।

Advertisement

बुधबारबाट राजधानीमा हिन्दु परम्परामा आधारित पेन्टिङ प्रदर्शनी सुरु भएको छ । शिवानी राणा तिमल्सिनाले बनाएका पेन्टिङहरुको प्रदर्शनी सुरु भएको हो ।

आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा हिन्दु परम्परा, हिन्दु संस्कृति झल्काउने पेन्टिङहरु राखिएका छन् । तिमल्सिनाको यो सातौँ सोलो प्रदर्शनी हो । प्रदर्शनीको उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बुधबार उद्घाटन गरे ।

Advertisement

तीन वर्ष अघि रामायण सिरिज प्रदर्शनीमा राखिएको थियो । भूकम्पको पीडा भुलाउन त्यतीबेला रामायण सिरिजले भूमिका खेलेको तिमल्सिनाले बताए । यो वर्षको प्रदर्शनीमा रहेका समुन्द्र मन्थन, लक्ष्मी, गणेश भगवानको पेन्टिङले भगवानप्रतिको आस्था बढाउने उनको दावी छ । प्रदर्शनी १० दिनसम्म चल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top