विदेशीहरूको यौन प्यासको लागि शिविरबाटै बेचिन्छन् रोहिंग्या किशोरी

७ चैत ७४, बिहीबार

रोहिंग्या समुदायका किशोरीलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको  छ

बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य रोहिंग्या समुदायका किशोरीहरूलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको सो अनुसन्धानमा देखाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

अनवारा १४ वर्षकी भइन् । म्यानमारको हिंसामा दुवै बाबु–आमा गुमाएपछि बेसहारा बनेकी उनी आफन्तसँग केही महिनाअघि बंगलादेश पुगेकी थिइन् । सहयोगको खोजीमा बंगलादेशका सडकमा भौँतारिएकी उनी नाटकीय ढंगमा बेचिइन् । उनलाई व्यस्त कोक्स बजारबाट अपहरण गरी कोठीमा पुर्याएको थियो । नयाँ जीवनको आशा देखाउँदै भ्यानभित्र कोचेर उनलाई वेश्यावृत्ति गर्न बाध्य पारिएको थियो । ‘अपहरणको केही बेरमै पुरुषहरूले निर्घात कुटेर बलात्कार गरे । उनीहरूले जबर्जस्ती यौन दुव्र्यवहार गरे,’ उनी भन्छिन् ।

Advertisement

शरणार्थी शिविरका रोहिंग्या शरणार्थीको तस्कर अहिले सामान्य बनेको छ । तस्करहरूले शिविरका महिला र किशोरीलाई मुख्य निसाना बनाएका छन् । तस्करहरूले विभिन्न प्रलोभन देखाएर किशोरीलाई देहव्यापार गर्न बाध्य पारेका छन् । राजधानी ढाका र विदेशमा घरेलु कामदार, होटेलको कर्मचारी र किचेनमा काम लगाइदिने बहानामा यौन दुव्र्यवहार भइरहेको अध्ययनमा देखाइएको छ । शिविरको अस्तव्यस्तताका कारण तस्करहरूको बिगबिगी बढेको बताइन्छ । शिविरमा पीडादायी जीवन बिताएका रोहिंग्यालाई झुटा आश्वासन देखाएर तस्करहरूले यौनधन्दा तीव्र पारेका छन् ।

कोठीबाट दातृ संस्थाले हालै उद्धार गरेकी १४ वर्षीया मसुदा भन्छिन्, ‘काम लगाइदिने बहानामा मलाई एक महिलाले यौनकार्यमा लगाएकी थिइन् । रोहिंग्या समुदायकै भएकाले ती महिलामाथि विश्वास लागेको थियो, तर उनले कोठीमा पुर्याइदिइन् ।’ उनले आफूमाथि म्यानमारमा सेनाले यौन दुव्र्यवहार गरेको बताइन् ‘मेरो परिवार म्यानमारको युद्धमा बेपत्ता हुनुभयो । मसँग पैसा थिएन । मलाई म्यानमारमा पनि बलात्कार गरिएको थियो,’ उनले थपिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top