मोरङ र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

१५ फागुन ७६, शुक्रबार

१६ फाल्गुन, बिराटनगर । मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार दिउँसो प्रहरी चौकी कोयलपुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार रहेका चालक सुन्दरहरैचा ११ का ३३ बर्षीय सुरेन्द्र राई र मोटरसाइकलको पछाडि सवार रहेका इटहरी उपमहानगरपालिका ५ का २६ बर्षीय मनिष परियारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एभिल ३८ ट्याब्लेट, फेरागन १९ ट्याब्लेट, डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक २४ ट्याब्लेट, सामसुङ मोवायल २ थान, लेनोभो मोवायल १ थान र नोकिया मोवायल १ थान समेत बरामद गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान बिराटनगर महानगरपालिका ११ का २६ बर्षीय दिपेश श्रेष्ठ र निजकै श्रीमती २१ बर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, एभिल र डाईजोल्यापनामक २६० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने ३ थान सिरिन्ज समेत बरामद गरेको छ ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ६ बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

 

बिहिवार साँझ कमल गाउँपालिका ५ का २३ बर्षीय मनिष धिमालको साथबाट डाईजेपाम २६ ट्याब्लेट,फेनारागन २६ ट्याब्लेट र लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top