दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाईरस सङ्क्रमित

१६ फागुन, सोल।

दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ ।

Advertisement

विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट यस भाइरसको सङ्क्रमण शुरु भएको थियो ।रासस / सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top