विराटनगरको सेन्ट्रल मलमा १ रुपैयाँमा सिनेमा हेर्ने अवसर, पत्याउनु हुन्छ ?

१७ फागुन ७६, आइतबार

१८ फागुन, विराटनगर । सुविधासम्पन्न सिनेमा हलमा घरपरिवार तथा साथीभाइसँग बसेर सिनेमा हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यो अवसर सबैले कहाँ पाउँछन र ? टिकट महंगो भएर वा अन्य कारणले आफुमात्रै पनि छुटिरहेका हुन्छौँ । तर, अब तपाइँको त्यो गुम्सिएको चाहना र इच्छा विराटनगरको सेन्ट्रल मलमा रहेको स्तरीय सिनेमा हल सेन्ट्रल मल्टिप्लेक्सले पूरा गरिदिने भएको छ । त्यो पनि सित्तैमा भन्दा फरक पर्देन । गत वर्षदेखि सञ्चालनमा आएको सेन्ट्रल मलको एक वर्ष पूरा भएको अवसरमा सेन्ट्रल मल्टिप्लेक्समा यही फागुन २० गते मंगलबार १ रुपैँयामै फिल्म हेर्न पाईने भएको हो ।

सेन्ट्रल मलको प्रथम वार्षिक उत्सवको अवसरमा मंगलबारका सबै शोहरुमा एक रुपैँयामा सिनेमा हेर्न सकिने सेन्ट्रल मलका सिईओ मानसराज जोशीले जानकारी दिए । यो अफर प्राप्त गर्न भने अनलाईन तथा फोनमार्फत नभई त्यहीँ गएर टिकट काट्नुपर्ने उनले बताए ।

सिनेमाका लागि यति ठूलो अफर देशैभरीमा पहिलो रहेको सेन्ट्रल मलको दाबी छ । ग्राहकका लागि विभिन्न समयमा यस्ता धेरै अफरहरु ल्याईसकेको सेन्ट्रल मलले वार्षिक उत्सवमा दैनिक उपभोग्य सामानदेखि लिएर खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्समा पनि भारी छुट दिने जनाएको छ ।

मलले १७ गते ५०० भन्दा बढीको सामान खरिदमा एउटा मूमि टिकट निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी फागुन २० गते सम्पुर्ण गार्मेन्टस र सुज आईटममा ५० प्रतिशत छुट, किरानामा ५ प्रतिशत छुट, इलेक्ट्रोनिक्समा २० प्रतिशत छुट र विभिन्न गेमिङमा ५० प्रतिशतसम्म छुट दिईने सिईओ जोशीले बताए । त्यस्तै मलभित्र रहेका विभिन्न स्टोरमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

सञ्चालनमा आएको छोटो समयमा नै ग्राहकको मन जित्न सफल सेन्ट्रल मलमा सामान किन्ने तथा मनोरन्जन लिनेहरुको दैनिक भीँड लाग्ने गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top