प्रभावितलाई क्षतिपूर्ति दिन जलविद्युत् अयोजना सहमत

७ चैत ७४, बिहीबार

सोलुखुम्बु चैत ८
तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा नं ११ तिलांमा भएको छलफलमा प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति रोपनी २५ हजारका दरले आयोजनाको तर्फबाट सम्बन्धित जग्गाधनीलाई रकम प्रदान गर्ने सहमति भएको छ ।

सोलुखुम्बुको सोलुदूधुकण्ड नगरपालिका–११ मा निमार्णाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु खोला जलविद्युत् आयोजना र प्रभावित क्षेत्रका स्थानीयवासीबीच आज भएको छलफलपछि यस्तो लिखित सहमति भएको हो ।

जलविद्युत् आयोजनाको काम गर्ने क्रममा खेतीयोग्य जमिनमा क्षति पुगेको तथा विभिन्न रासायनिक पदार्थको प्रयोगबाट माटोको उर्वरा शक्तिमा हस आएको दाबी गर्दै स्थानीयवासीले क्षतिपूर्ति मागदाबी गरेका छन् ।

Advertisement

जिल्ला प्रशासन कार्यालय हुँदै नगरपालिकाको कार्यालयमा समेत सहयोग माग गरेपछि बुधबार हाइड्रोपावरका प्रतिनिधि, स्थानीयवासी प्रभावित र जनप्रतिनिधिबीचको छलफलपछि क्षतिपूर्ति दिने सहमति भएको नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।

क्षतिको मूल्याकंन तथा माटोको परीक्षण गरी प्रभावित यकिन गर्न सोलुदूधकुण्ड नगरपालिकाले प्राविधिक खटाउने भएको छ । नगरपालिकाबाट प्राविधिक खटाएर २० दिनभित्र क्षतिको मूल्याकन गरी प्रभावितलाई क्षतिपूर्ति दिइनेछ ।

स्थानीयवासी सावित्री बस्नेतले जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका नागरिकको माग सुनुवाइ नगरेको गुनासो गरे । विकासको काम हुनु सुखद पक्ष भए पनि यसबाट जनताको दैनिक जीवनमा परेको असरप्रति आयोजना संवेदनशील नभएको उनले आरोप लगाए ।

तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेलले स्थानीयवासीको जायज मागप्रति आफूहरु सकारात्मक रहेको भन्दै स्थानीयवासीको माग पूरा हुने बताए ।

छलफलमा नगरपालिकाका प्रमुख नाम्गे शेर्पा, उपप्रमुख कल्पना राई, तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेल र प्रभावित ३० घरधुरीबाट सहभागी भएका थिए ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top