×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

मदन भण्डारी विश्वविद्यालयमा महिलाको सहभागिता अनिवार्य

१९ फाल्गुन २०७६

१९ फागुन, काठमाडौं । सांसदहरुले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, विश्वविद्यालयमा स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने तथा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय विधेयक, २०७६’मा रहेको प्राज्ञिक परिषद्को गठन, कार्यकारी परिषद्को गठन, तथा विश्वविद्यालयका पदाधिकारी सम्बन्धी व्यवस्थाको विषयमा छलफल भएको छ ।

Advertisement
Advertisement

छलफलमा सांसदहरुले विश्वविद्यालयको रिक्त रहेको अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, महिला प्रतिनिधि अनिवार्य गर्नुपर्ने तथा स्थानीय जनप्रतिनिधिलाई समेत सहभागि गराउनुपर्ने विषयमा जोड दिएका छन् । सांसद खगराज अधिकारीले विश्वविद्यालयको प्रतिनिधिमा स्थानीय जनप्रतिनिधिलाई राख्दा विश्व विद्यालयलाई स्थानीय जनतासँग मिलेर काम गर्न सजिलो हुने बताए । उनले विश्व विद्यालय र स्थानीय जनताबीचको पुलको रुपमा काम गर्न पनि जनप्रतिनिधिलाई स्थान दिनुपर्ने बताए ।

सांसद विरोध खतिवडाले उच्च स्तरको विश्वविद्यालय भएकाले सकेसम्म संघीय सांसद राख्ने र कार्यकारी परिषद्मा स्थानीय नगरपालिकाबाट प्रतिनिधित्व हुनुपर्ने तथा संरक्षक समितिमा माथिल्लो तहबाट हुनुपर्ने व्यवस्था गर्न माग गरे । उनले जनप्रतिनिधिलाई विश्वविद्यालयमा स्थान दिदा सरकार र स्थानीय जनताबीचमा पुलको काम गर्न सक्ने बताए ।

सांसद जीवनराम श्रेष्ठले कार्यकारी परिषद्मा तोकिए बमोजिमका अन्य सदस्यहरु समेत रहन सक्ने व्यवस्थालाई हटाइनुपर्ने बताए । उनले विश्वविद्यालय रहने ठाउँमा सहज काम गर्नको लागि जनप्रतिनिधि आवश्यक पर्ने भएकाले जनप्रतिनिधिलाई स्थान दिदा फाइदा हुने बताए ।

सांसद उमाकान्त चौधरीले प्राज्ञिक परिषद्को गठनमा तोकिए बमोजिमका अन्य सदस्यहरु समेत रहन सकने व्यवस्था हटाइनुपर्नेमा जोड दिए । त्यस्तै अध्यक्ष पदको नियुक्ती छ महिना भित्रमा गरिसक्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले अध्यक्ष चयनको समयअवधि नतोक्दा हटिसकेको अध्यक्ष पनि लामो समयसम्म रहन सक्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताए ।

सांसद मानबहादुर विश्वकर्माले पनि विश्व विद्यालयको अध्यक्षको नियुक्तिका लागि समय तोकेर राख्नुपर्नेमा जोड दिए । अध्यक्ष नतोक्दा सम्म पुरानो अध्यक्ष नै कार्यकारी रहिरहने विषय उपयुक्त नहुने भएकाले छोटो समयमा नै अध्यक्ष तोक्ने व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्राज्ञिक परिष्दमा एक महिला अनिवार्य रहने गरी राख्दा फरक नपर्ने बताए । उनले कार्यकारी परिषदमा यस्तो व्यवस्था राख्दा उचित हुने तर दिनप्रतिदिन काम गर्ने ठाउँमा स्थानीय जनप्रतिनिधि राख्नु उचित नहुने बताए । उनले स्थानीय जनप्रतिनिधिलाई संरक्षण समितिमा राख्नका लागि छलफल गर्न सकिने बताए ।

Advertisement

बैठकमा प्राज्ञिक परिषद्को गठन, कार्यकारी परिषद्को गठन, र विश्व विद्यालयको पदाधिकारी सम्बन्धी व्यवस्थामा अध्यक्ष रहने विषयमा छलफल भएको हो ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top