×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

हौसिएको शेयर बजारमा उच्च गिरावट

१९ फाल्गुन २०७६

१९ फागुन, काठमाडौं । सोमबार शेयर बाजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि सर्किट लागेर बन्द भएको छ । यो साताको सुरुवात मै अर्थमन्त्री डा. युवराज खतिवडा रष्ट्रिय सभामा नरहने भएपनि अर्थमन्त्रीमा निरन्तरता पाउने समाचार आएपछि शेयर बाजरमा गिरावट देखिएको हो ।

आइतबार ४० अंकले घटेको नेप्से परिसूचक सोमबार भने झण्डै १ सय अंकले तल झरेको छ । कारोबार सुरु हुँदा १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा खुलेको नेप्सेमा ९६ अंकले गिरावट आउँदा १ हजार ४ सय ९५ दशमलव ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १९ दशमलव २ अंकले घटेको छ । कारोबार रकम २ अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ रुपैयाँ बराबरको भएको छ ।

Advertisement
Advertisement

बजार खुलेको २ घण्टा नहुँदै ५ प्रतिशतले नेप्से घटेपछि ३० मिनेट सम्म सर्किट ब्रेक लागेको थियो । तर फेरी बजार खुलेको केही समयमै ६ प्रतिशतले गिरावट आउँदा सोमबारका लागि कारोबार पूर्णरुपमा बन्द भएको हो ।

बाजरका लगानीकर्ता भने अल्पकालिन लागानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा बजार घटेको बताउँछन् । तर्कहिन व्यवहारका कारण बजारमा माथि गएको र अल्पकालमा फाइदा लिन खोज्ने लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा विक्रीचाप बढी हुन गई नेप्सेमा उच्च गिरावट भएको देखिन्छ । लगानीकर्ता प्रा. डा. मनोहरकृष्ण श्रेष्ठले बजारमा इ¥यासनल व्यवहार देखिदा बजारमा एकैपटक उच्च गिरावट आएको बताए ।

यस्तो अवस्थामा नियामक निकायले भूमिका खेल्नु पर्नेमा बजार बढ्यो भनेर बस्ने कारणले पनि लगानीकर्ताको व्यवहारमा परिवर्तन आएको बताए । उनले अर्थमन्त्रीको कारणले भन्दा पनि बजारमा अल्पकालमा फाइदा लिन खोज्ने लगानीकर्ताले नाफा सुरक्षित गर्न खोजेकाले बढी प्रभाव पारेको बताए ।

त्यस्तै नेप्सेमा सर्किट ब्रेक हुनेगरी गिरावट आएपछि बजारमा करेक्सन आएको हो वा फेरी घट्दो अवस्थामा जान खोजेको हो भन्ने अन्योलमा लगानीकर्ता परेको देखिन्छ ।

त्यस्तै कोरोना भाइरसका कारण चीनसँगको व्यापार गर्न नपाएका व्यवसायीहरुले अलपकालका लागि लगानी गरेको र त्यसको फाइदा सुरक्षित गर्न विक्रीचाप बढाएका कारण पनि नेप्सेमा उच्च गिरावट आएको तर्क लगानीकर्ताहरुको छ ।बजारमा उच्च गिरावट आउँदा सबैभन्दा बढी असर बीमा र बैंकिङ क्षेत्रमा परेको छ ।

सोमबार सबैभन्दा बढी निर्जीवन बीमा समूह ७ दशमलव ४६ प्रतिशत र जीवन बीमा समूह ७ दशमलव ४५ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह पनि ६ दशमालव ७४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँ र एनआइसि एसिया बैंकको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि तीन कम्पनीका शेयरधनीहरुले भने सामान्य कमाएका छन् । एनआइसि एसिया ब्यालेन्स फण्ड, खानिखोला हाइड्रोपावर कम्पनी, र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीहरुले कमाएका हुन् ।

Advertisement

प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडीसी लघुवित्त, ग्रामिण विकास लघुवित्त, शिखर इन्स्योरेन्स, सुर्या लाईफ, स्ट्याण्डर्ड चार्टर्ड, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक लागतयका कमपनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top