जब सूर्य र चन्द्रसहितको ध्वजावाहक नेपाली विमान सिधै जापान पुग्यो..

१९ फागुन ७६, मंगलबार

१९ फागुन, जापान । 

 नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालकोभन्दा जापानको समय करीब तीन घण्टा छिटो छ ।

‘नेपाल वायु सेवा निगमको ध्वजावाहक विमान सीधै जापान आउनु राष्ट्रको गौरवको कुरा हो’, हाल जापानको सेन्डाई शहरमा छ वर्षदेखि बस्दै आएकी कुसुम थामीले भनिन्, ‘पहिला सिङ्गापुर, कतार, अरब जाने विमानमा आएर फेरि अर्को विमान चढेर जापान आउनुपथ्र्यो, सीधै आउँदा समय छोटो र पैसा पनि कम लाग्छ ।’

निगमले नियमित उडान गरिदिए नेपाली तथा नेपालमा जाने जापानी पर्यटकका लागि सहज हुने उनको भनाइ थियो । ‘निगमले सस्तोमा टिकट दिनुपर्छ भन्ने लाग्दैन, टिकटमा केही पैसा बढी भए पनि देश धनी हुन्छ’, उनले थपे, ‘विमान नेपालबाट सीधै जापान आउँदा नेपाल राष्ट्रको पनि शान बढेको महसुस भएको छ ।’

निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । सोहीअनुरुप सोमबार काठमाडौंँबाट नारिता उडान भरेको हो । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।

जापानको टोकियोमा एक दशकदेखि बस्दै आएका सुुरेश बाँस्टाकोटीले पनि जापानमा सीधै नेपालको विमान आउँदा गौरवको अनुभूति भएको बताए । ‘आफ्नो देशको झण्डासहितको विमान जापानमा आउँदा म त खुशीले भक्कानिएँ’, उनले सुनाए, ‘जापानमा बस्ने नेपाल र पर्यटक सबैका लागि असाध्यै राम्रो शुरुआत हो ।’ उनले पनि उडानले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष देवीलाल भण्डारीले उडान नेपाल सरकारको सराहनीय काम भएको बताए । ‘यो वर्तमान सरकारको धेरै राम्रो कामको शुरुआत हो, यसले राष्ट्रको गौरव बढाउने काम गरेको छ’, उनले भने, ‘नारिता, टोकियो, चिवालगायत ठाउँमा नेपाली धेरै बस्छन्, उडानले सबैको मद्दत गर्छ, जुन खुशीको कुरा हो ।’ उनका अनुसार जापानमा ९० हजार नेपाली छन् । त्यसमा ३० हजार विद्यार्थी र बाँकी व्यवसाय गर्ने व्यक्ति र कामदार छन् ।

निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरे पनि नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरी काठमाडौँ–नारिता उडान गर्न लागेको हो । निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौंँ नारिताका लागि २२० जनाले टिकट काटेका थिए । नारिताबाट काठमाडौँ जान २६८ जनाले टिकट लिएका छन् ।

निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा प्रमोशनल फेयरअन्तर्गत सो भाडादर सार्वजनिक गरिए पनि भाडादर परिर्वतन हुन सक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले जापानमा ‘सेडुल’ उडान शुरु गरेको हो । –कालिका खड्का/रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top