सुनसरी, चैत ८
एसईई परिक्षको पहिलो दिनको अनिवार्य अंग्रेजी विषयको परीक्षा सुनसरीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सकिएको जनाएको छ ।
सुनसरीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षामा १२ हजार ५ सय ९३ परिक्षार्थी सामेल छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा जिल्लाभरबाट २ सय १९ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
अनुपस्थित हुनेमा छात्राको संख्या १ सय २१ रहेको छ भने ९८ जना छात्र पहिलो दिनको परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए ।
यस वर्षको एसईईमा मूलुकभरबाट चार लाख ८५ हजार ५ सय ८६ परिक्षार्थी सहभागि रहँदा प्रदेश नम्वर एकबाट ८३ हजार ८ सय ६६ जना परिक्षार्थीले परीक्षामा सहभागिता जनाइरहेका छन् । भोलिको परीक्षा भने अनिवार्य नेपाली विषयको हुनेछ ।