Nepal Times
Nepal Times
3
Shares

छथरजोरपाटी गाउँपालिकाद्धारा नयाँ ट्र्याकका योजनामा लगानी बन्द

छथरजोरपाटी गाउँपालिकाद्धारा नयाँ ट्र्याकका योजनामा लगानी बन्द

धनकुटा, चैत ८
धनकुटाको छथरजोरपाटी गाउँपालिकाले सडकका नयाँ ट्र्याकका योजनामा लगानी बन्द गरेको छ । तत्कालीन जिल्ला विकास समिति, गाविस तथा उपभोक्ता समिति मार्फत प्राविधिक ब्यबस्थापन विना खनिएका सडकको मर्मतसम्भार र स्तरोन्नतिमा हुने खर्च रोकेर निश्चित संख्याका प्राथमिकताप्राप्त सडकमा मात्रै लगानी एकत्रित गर्ने भन्दै गाउँपालिकाले नयाँ ट्र्याकमा बजेट खर्च गर्न नपाउने नियम बनाएको हो ।

नयाँ ट्र्याकमा लगानी रोकेको छथरजोरपाटी गाउँपालिकाले सातवटा सडकलाई प्राथमिकतामा राखेर बिस्तार र स्तरोन्नति गरिरहेको छ । ६ वटा वडा रहेको छथरजोरपाटी गाउँपालिकामा कालोपत्रे सडक जम्मा ६ किलोमिटर मात्रै छ ।

१४ किलोमिटर सडकमा ग्राभेल र सोलिङ्ग गरिएको छ भने दुई सय ८० किलोमिटर कच्ची सडकको केहि भागमा मात्रै हिउँदका महिनामा दुःखले यातायात संचालन हुने गरेको छ ।

२३ करोड रुपैयाँ बार्षीक बजेट रहेको सो गाउँपालिकामा चालु आर्थिक बर्षमा सडकका लागि तीन करोड दुई लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.