×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

प्रदेश १ मा कोरोनाविरुद्धको सतर्कता कसरी गरिदैछ

२० फाल्गुन २०७६

२० फागुन, विराटनगर ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेपछि नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा टोली परिचालन गरेको छ ।

प्रदेश १ मा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा आएको टोलीले यहाँ कारोनाबारे सतर्कता अपनाउन तयारी थालेको छ । संघीय प्रतिनिधिमण्डलले प्रदेश राजधानी विराटनगरमा आएर सरकारी अस्पतालमा गरिएको तयारीबारे समेत जानकारी लिएको छ ।

Advertisement
Advertisement

सम्भावित संक्रमण र तयारीबारे टोलीले प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे र मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेको छ । मन्त्री घिमिरेले टोलीसमक्ष प्रदेश सरकारले सतर्कता अपनाउन सचेतनामुलक कार्यक्रममा समेत जोड दिएको बताए ।

प्रदेश १ का चीनसँग सिमाना जोडिएका संखुवासभा, ताप्लेजुङ र सोलुखुम्बु छन । ती जिल्लाका उत्तरी नाका भएर आवतजावत कम भए पनि ओलाङचुङ्गोला र किमाथाङ्का नाकाबाट भने चिनियाँ नागरिक प्रवेश हुने गरेका छन् । ती नाकामा कडाइ गरिएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले प्रदेशमा गरिएको तयारीबारे टोलीलाई जानकारी गराएको बताए । मेहताका अनुसार टोलीले नमुनाका रूपमा प्रदेश १ मा व्यक्तिगत सुरक्षाका सामग्री ५ थान र इन्फ्रारेड थर्मामिटर त्यति नै लिएर आएको छ ।

प्रदेश सरकारले यहाँका ६ वटा अस्पतालमा आइसोलेसन बेड छुट्याएको थियो । तर हाललाई कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा केरोनाको उपचारको तयारी भएको मेहताले जानकारी दिएका छन् ।

कोसी अस्पतालमा १३ वटा बेडलाई सुरक्षित रूपमा आइसोलेसन वार्डका रूपमा राखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यकता अनुसारको वार्ड तयारी अवस्थामा राखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सूचना सम्प्रेषण, सीमाक्षेत्रमा जाँचमा कडाइ, आइसोलेसन वार्डको व्यवस्थापन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र कडा खालको संक्रमण देखिएका बिरामीको निगरानीलगायतको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले बताएका छन् ।

Advertisement
Advertisement

टोलीले नेपाल–भारत सीमाको जोगबनी नाकाको पनि निरीक्षण गरेको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top