पाल्पामा जिप दुर्घटना हुदाँ एक जनाको मृत्य, ५ जना घाईते

२० फागुन ७६, बुधबार

२१ फागुन, पाल्पा । पाल्पामा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाईते भएका छन ।

Advertisement

बुटवलदेखि शान्तिपुर जाँदै गरेको लु १ ज १४२८ नम्बरको जिप तानसेन रीडी सडकखण्डको अर्गली नजिकै कमलपोखरीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि सल्यान सुखौरा तिते की ५५ वर्षीय महिला धनकली सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जिपमा १० जना यात्रु सवार रहेका थिए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top