कोरोनालाई जातिवादसँग जोड्दै लन्डनमा सिंगापुरका विद्यार्थीमाथि आक्रमण

२१ फागुन ७६, बुधबार
Share this
765shares

२१ फागुन, एजेन्सी ।
चिनियाँ मूलका सिंगापुरका एक २३ वर्षीय विद्यार्थीमाथि लन्डनमा आक्रमण भएको छ ।

Advertisement

लन्डनमा पढ्दै आएका उनी पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) लाई जातीयतासँग जोडेर भइरहेको आक्रमणको सिकार भएका छन् ।

जोनाथन मोकले फेसबुकमार्फत बेलायतको राजधानी लन्डनको निकै व्यस्त मानिने अक्सफोर्ड स्ट्रिटमा आफूमाथि एउटा समूहले गरेको आक्रमणका बारेमा विस्तृत जानकारी खुलाएका छन्। ती विद्यार्थीमाथि गत फेब्रुअरी २४ मा आक्रमण भएको हो।

Advertisement

पछिल्लो समय कोभिड–१९ को संक्रमण र पूर्वी एसियाका नागरिकलाई जोडेर हेर्ने र उनीहरुलाई निसाना बनाउने गतिविधि बेलायत र पश्चिमा मुलुकमा बढिरहेको छ।मोकले फेसबुकमा लेखेका छन्, ‘मलाई एक जनाले मुक्का हानेर भने– ‘तेरो कोरोना भाइरस मेरो देशमा भित्रियोस् भन्ने चाहन्नँ’, उनले फेरि मेरो नाकमा मुक्का हान्दै रगताम्मे बनाए।’

लन्डनको महानगरीय प्रहरीले जोनाथनमाथि भएको आक्रमण जातीयताले घृणाले ग्रसित भएको बताएको छ। सीसीटीभी क्यामेराको सहयोगमा दोषीको खोजी भइरहेको प्रहरीले बताएको छ। जोनाथनले आफूमाथि यसअघि पनि नश्लीय आक्रमण भएको बताएका छन्।

Advertisement

‘२ वर्षदेखि म लन्डनमा पढ्दै आएको छु। धेरै पटक ममाथि नश्लीय आधारमा घृणामिश्रित टिप्पणी र व्यवहार गरिएको छ,’ उनी भन्छन्, ‘लन्डन नश्लीय छैन भनेर मलाई भन्नेहरुलाई भन्न चाहन्छु, फेरि एक पटक सोच्नुहोस्।’

डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण विश्वव्यापी रुपमा फैलिँदै गएपछि चिनियाँ नागरिक र पूर्वी एसियाका नागरिकमाथि जातिवादी आक्रमणका घटना भइरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top