कारोनाका कारण अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा, हालसम्म अमेरिकामा ११ जनाको मृत्यु

२२ फागुन, एजेन्सी । कोरोनाभाइरस संक्रमणलाई ध्यान दिदैं अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकालको घोषणा गरेको छ ।

आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो । स्कारमेन्टो नजिकैको एक अस्पतालमा ७१ वर्षिय एक पुरूषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ ।

त्यसैगरी अमेरिकाका १६ राज्यमा कोरोनाभाइरस संक्रमण भेटिएपछि ह्वाइट हाउसले यसको जाँचलाई देशभर लैजाने घोषणा गरेको छ । हालसम्म अमेरिकाका १६ राज्यमा १४० बढीमा कोरोनाभाइरसको संक्रमण भेटिको छ भने हालसम्म यसबाट ११ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाएका ११ मध्ये १० जना वासिङ्टन राज्यका हुन् ।

Advertisement

फ्लोरिडा अगाडि वासिङ्डनले पनि आफ्नो राज्यमा आपतकालको घोषणा गरेको थियो । क्यालिफोर्नियाले संक्रमणका कारण ज्यान गुमाएका ती ७१ वर्षिय पुरूषलाई गत महिना प्रिन्सेस क्रुज सिपमा सानफ्रान्सिस्कोबाट मेक्सिको जाँदा संक्रमण भएको हुनसक्ने अनुमान गरेको छ ।सरकारले सो क्रुजसिपलाई सानफ्रान्सिस्कोको बन्दरगाहमा फर्किन आदेश दिएको छ।

यसैगरी अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ्सले कोरोनाभाइरसविरुद्ध लड्न आपतकालिन सहायता अन्तरगत ८ दशमलव ३ विलियन डलर रकम खर्च गर्ने अनुमति दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top