ब्राउनसुगर सहित झापाबाट २ जना पक्राउ

२१ फागुन ७६, बिहीबार

२२ फागुन, झापा । झापा अर्जुनधारा ११ का २३ बर्षीय समिर माझी र २२ बर्षीय सुरज माझी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

Advertisement

बुधबार अपरान्ह भारतिय बजार पानीटंकीबाट काँकडभिट्टा सिमा एरिया तर्फ आईरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाचँ गर्ने क्रममा उनीहरुको साथबाट ४.५ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top