टेकु अस्पतालबाट भागेका बिरामीको मोबाइल विराटनगर ट्र‍्याक

२२ फागुन, काठमाडौँ । कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगर लोकेशन देखाएको फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताएका छन् ।

Advertisement

उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको छ । डा. राजभण्डारीका अनुसार ती बिरामीलाई प्रतिष्ठानको आइसोलेसन वार्ड राख्‍ने व्यवस्था मिलाइएको छ ।

यसैविच, अबदेखि आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने भएको छ । ती बिरामी कोरियाबाट आएर बुधबार टेकु अस्पताल भर्ना भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top