×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चार वर्षपछि रानीपोखरीमा पानी राख्ने तयारी

२२ फाल्गुन २०७६

२२ फागुन, काठमाडौँ ।

रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम चैतको दोस्रो साता नै सकिने हुँदा पानी राख्ने तयारी गरिएको हो ।

Advertisement
Advertisement

पोखरीमा राखिने पानी तीन स्थानबाट ल्याइने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको छ । त्रिचन्द्र कलेज क्षेत्रबाट एउटा र अर्को शान्तिबाटिकाबाट बोरिङ खनी पानी ल्याउने तयारी छ । त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पोखरीका लागि पानी लगिनेछ । मेलम्चीको पानी आएपछि त्यहाँबाट पनि ल्याइने प्रबन्ध मिलाइनेछ । अहिले पर्खाल निर्माण तथा मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ । वैशाखसम्मा ती सबै काम सकिनेछ ।

समग्रमा महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको काम ६४ प्रतिशत सम्पन्न भएको छ । पोखरीमाथि सौन्दर्य अभिवृद्धि गर्ने काम पनि तीव्ररूपमा अघि बढेको प्रधिकरणले जनाएको छ । पोखरीमा अहिले इँटा लगाउने काम भइरहेको छ । हाल ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन् । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

त्यसैगरी बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम तीव्ररूपमा भइरहेको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ, त्यस्तै पर्खालको काम पनि लगभग सकिएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्न पाउनेगरी पुनःनिर्माणको काम भइरहेको जानकारी दिए । उनले भने, ‘निर्माणअन्तर्गत धेरै काम सम्पन्न भइसकेको छ । बाँकी काम नियमितरूपमा भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न हुने कुरामा कुनै शङ्का लिनुपर्दैन ।’ शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो । मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिए तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । ।

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्रशम्शेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिने छ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् ने सं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (वि.सं) १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।

Advertisement

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top