आफैले भत्काएको होटलमा पुगेर पूर्व प्रधानमन्त्री भट्टराईले यसो भने

२३ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताएका छन् ।

होटल एम्बासेडोरले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताएका हुन् । उनले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिले पनि सफल लिडर बन्न नसक्ने बताए ।

उनले भने“लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो । अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन । हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन् । त्यो लिडरै होइन । लिडर भएर अनपपुलर कुरा गर्न सक्नुपर्छ । सही,साईन्टिफिक कुरा र देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ । ”

आफु प्रधानमन्त्री भएको बेला काठमाण्डौ उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षा सहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दे उनले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए ।

साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै शहरलाई सुन्दर बनाउने आँकाक्षा सहित गरेको निर्णयले होटल एम्बासेडोरलाई पनि नोक्सानी पुर्याएपनि अहिले पुर्नसंचना पछि झन राम्रो स्वरुपमा आएको भन्दै उनले त्यस कार्यलाई ‘क्रियटिभ डिस्टक्सन’ को संज्ञा दिए ।

भट्टराई प्रधानमन्त्री भएका बेला कंलकी,त्रिपुरेश्वर, कोटेश्वर हुदै तिलगंगासम्म, त्रिपुरेश्वर, लाजिम्पाट, महाराजगञ्ज हुदै बुढानिलकण्ठ जाने बाटो र कमलपोखरी हुदै विमानस्थल जाने बाटो विस्तारको समयमा सो होटलको केही भाग भत्काउनु परेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top