ढुक्क हुनुस् ६ महिनासम्म औषधि अभाव हुँदैनः औषधि उत्पादक संघ

२३ फागुन, काठमाडौं । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो । संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए ।

उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो । भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ती जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ । भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन् ।’

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए । अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ । विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ । हार गुहार गर्नुपर्ने अवस्था छैन । सरकारले प्रोत्साहन ग¥यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ ।’

चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top