दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(गच्छदारलाई पत्र काटियो)
ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले आरोपपत्र दायर गरेका मध्ये ७४ जनालाई अदालतमा उपस्थित हुन विशेष अदालतंद्वारा १५ दिने म्याद जारी /गच्छदारलाई ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबी ।

२.(औषधिको अभाव हुन्न)
६ महिनासम्म औषधिको अभाव नहुने नेपाल औषधि उत्पादक संघको दाबी/नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको भन्दै अफ्ठ्यारो अवस्थामा विदेशसंग माग्नुभन्दा नेपाली उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड ।

३.(सरकार भएको आभास)
नेपाल आउने कुनै पनि औषधि भारतले नरोक्ने जवाफ दिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई /मास्क र स्यानिटाइजर आयात गर्दा लाग्ने भन्सार महसुल छुट दिने सरकारको तयारी ।

४.(स्वास्थ्यमा सुधार )
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालको भनाई/ प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो /मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार ।

५.(जरुरी संकल्प प्रस्ताव)
कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै नेपाली कांग्रेसद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस / कोरोनाबाट बच्न तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न आग्रह ।

६.(कोरोनाको चिन्ता)
कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकतामा सांसद दिलेन्द्रप्रसाद बडुको जोड/भारतसँगको खुला सीमाना र विमानस्थलमा विशेष सावधानी अपनाउन सांसदहरुको आग्रह ।

७.(सरकारको आश्वासन)
कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरि आवश्यक व्यवस्था मिलाउने काम भएको सरकारको स्पष्टोक्ति/मुल्यवृद्धि हुन्छ भनेर बजारमा औषधि लगायतका सामाग्रीहरु अभाव देखिएपनि सरकारले आपुर्तिको सहज व्यवस्था गर्नेे विश्वास ।

८.(भनाइ र गराइको अर्थ)
कोरोनाभाइरस नियन्त्रणका लागि भाषणभन्दा पनि काम गर्नतिर सरकारले ध्यान दिनुपर्ने सांसद देवप्रसाद तिमिल्सिनाको भनाई /सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसदबाहिर नै पानी नभएको सांसद गगन थापाको टिप्पणी ।

९.(हल्लाको पछि नलाग्नुस्)
हल्लाको पछि नलाग्न विद्यार्थी र अभिभावकहरूलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आह्वान / शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धाति तालिकाअनुसार नै एसईई परीक्षा र कक्षा १–९ को जाँच हुने मन्त्रालयको प्रष्टोक्ति ।

१०.(लिडरको परिभाषा)
नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्नेमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको जोड / अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने उल्लेख ।

११.(मर्ने बेलामा हरियो काक्रो)
उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई नेपाली कांग्रेसले बनायो केन्द्रीय सदस्य /तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएकाहरूलाई समेटेर सभापति शेरबहादुर देउवाद्धारा केन्द्रीय सदस्यमा मनोनित ।

१२.(हिम्मतिलो सरकार)
वीरगञ्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने /जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने सरकारको निर्णय ।

१३.(कहाँ पुग्ने हो नि ?)
अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ निरन्तर उक्कालो लाग्यो /शुक्रबार तोलामा १८ सयले बढेर अहिलेसम्मकै उच्च ८२ हजार पाँच सय रुपैयाँमा पुगेर नयाँ कीर्तिमान कायम ।

१४.(भाग्यले ठगेपछि)
एसीसी इस्टर्न रिजन टि २० प्रतियोगिता अन्तर्गत पहिलो खेलमा वर्षाका कारण मैदान गिलो भएकोले नेपाल र सिंगापुरबीचको खेल रद्द /तीन अंकसंगै नेपालको इस्टर्न रिजनको यात्रा टुंगियो ।

र,
१५.(भुटानमा नि कोरोना)
भुटानमा एक अमेरिकी नागरिकमा कोरोनको संक्रमण देखा परेपछि तुरुन्तै सीमा नाका बन्द /अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो / विश्वभर ९८ हजार ३सय ८७ जनामा संक्रमण/३ हजार ३ सय ८३ जनाले मृत्यु ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top