पथरी, चैत ८
प्रतिनिधी सभा सदस्य भानुभक्त ढकालले आफ्नो क्षेत्रका लागि ल्याउनु पर्ने योजनाहरुका बारेमा सुझाव माग्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा छलफल अघि बढाएका छन् ।
ढकालले आज पथरीशनिश्चरेमा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठवन्धनका अगुवाहरुसँग छलफल चलाएका छन् । सो क्रममा, पथरीशनिश्चरे नगरप्रमुख दीलिपकुमार राईले आफ्नो नगर सहितका देशकै सुकुम्वासी तथा दोहोरो स्वामित्वको समस्या वामपन्थीको सरकारले समाधान गर्न नीति वनाउनु पर्ने बताए ।
सहभागिहरुले चिसाङ सहितका खोलाको तटवन्धन, सिताधापमा डाँस खोलामा पुल सहित विभिन्न ठाउँमा पुल, पुलेसा निर्माणका साथै बेलबारीस्थित वाहुनीको पेट्रोलखानीको अन्वेषण तथा उत्खनन् गर्न माग गरेका छन ।
छलफलपछि सांसद ढकालले सुकुम्वासी तथा अव्यवस्थित वसोवासी, खोलाको तटवन्ध, बाहुनीको पेट्रोलखानीको अन्वेषण र उत्खनन् लगायतका विषय सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।