×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले अधिकार पाउन सक्दैनन्ःमन्त्री अर्याल

२५ फाल्गुन २०७६

२५ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री अर्यालले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएकी हुन् ।

Advertisement
Advertisement

सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताइन् । उनले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुसलतापुर्वक पुरा गरी महिलाहरु सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।

नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेसिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरुलाई चुनौति रहेको बताइ । उनले अझैपनि निर्णय गर्ने ठाउँमा महिलाहरु पुग्न नसक्नुले राजनीतिक लडाई अझै नसकिएको उनले बताइन् ।

राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताइन् । उनले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताइन् ।

सांसद चन्दा चौधरीले विभिन्न पार्टी भित्र रहेका महिलाहरु महिलाको विषयमा पार्टीको ह्विप भन्दा माथि उठेर काम गर्न नसक्दा सम्म महिला अधिकारको सुनिश्चितता नहुने बताइन् ।

अभिनेत्री रेखा थापाले पुरुषहरुको दबदवा भयो, महिलाहरु कोटामा मात्रै भन्ने महिलाहरुले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न चुनौति दिइन् । उनले सदनका महिला देखि सडकका महिलाहरु ताली पड्काउन र दर्शकको रुपमा मात्र काम गरेकाले महिलाहरु सँधै पछाडि परेको बताइन ्।

Advertisement

कार्यक्रममा महिलाहरुको हक हितका लागि नेतृत्वतहमा पुगेका महिलाहरुले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरुपता कायम गरी सबैले काम गर्नुपर्नेमा महिला नेतृहरुले जोड दिएका थिए । उनिहरुले देशको कार्यकारी प्रधानमन्त्री भएर काम गर्न सक्ने क्षमता महिलाहरुमा रहेको उल्लेख गर्दै त्यसका लागि आफुहरु सँधै लडिरहने प्रतिवद्धता समेत जनाए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top