Nepal Times
Nepal Times
3
Shares

१२ बर्षिया बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा युवक पक्राउ

ताप्लेजुङ, चैत ८
ताप्लेजुङमा १२ बर्षकी बालिकालाई जबरजस्ति करणी गरि गर्भवती बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

छिमेकी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका ७ घर भई हाल ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका २ मा बस्दै आएका ३३ बर्षीय रामकुमार राईले १२ बर्षकी बालिकालाई बलात्कार गरेको उजुरी परेपछि राईलाई पक्राउ गरेको प्रहरी प्रमुख डिएस्पी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

आमाबुबा सँगै बस्दै आएकी बालिकालाई गएको मंसिर १५ गते घरका अभिभावक नभएको मौकापारी ललाईफकाई गर्दा समेत नमानेपछि जवरजस्ती करणी गरेको र पछि गर्भ रहेको देखिएको डिएस्पी बस्नेतले बताए । पक्राउ परेका अभियुक्त राईलाई कानून अनुसार कारबाही गरिने प्रहरी प्रमुख बस्नेतले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.