Nepal Times
Nepal Times
3
Shares

राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा कविगोष्ठी

राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा कविगोष्ठी

विराटनगर, चैत ८
नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको आठौंं स्मृति दिवसका अवसरमा नेपाली कांगे्रेस मोरङले आज कविगोष्ठी आयोजना गरेको छ ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा झापा, मोरङ र सुनसरीका कवि साहित्यकारहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गोपाल भण्डारी, गोकुल अधिकारी, भरत गुरागाईं, दिङ्लाली कान्छो, मीनकुमार नवोदित, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, ओम आचार्य, भीष्म काफ्ले, लावण्य सापकोटालगायत दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार प्राज्ञ दधिराज सुवेदी, रमाप्रसाद रिजाल, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, सांसद शेखरचन्द्र थापालगायतले गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलन र शान्ति स्थापनामा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

स्मृति दिवसमा हरेक वर्ष कविगोष्ठीसहित रचनात्मक कार्यक्रम गर्ने सचिव मोदराज घिमिरेले जानकारी दिए । स्मृति दिवसका अवसरमा आयोजित टेबलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.