विराटनगर, चैत ८
लायन्स क्लब इन्टरनेशनल ३२५ एवानको विराटनगरमा हुने छैठौ डिस्ट्रीक कन्भेन्सनको सम्पूर्ण तयारी पुरा भएको छ । कन्भेन्सन आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर यही शनिबार स्थानीय वीरेन्द्र सभागृहमा आयोजना हुने कन्भेन्सनको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
लायन्स क्लब इन्टरनेशनल ३२५ एवानका डिस्ट्रीक गर्भनर लिला ढुंगेलले यसपटकको कन्भेन्सनको मुख्य उद्धेश्य १ नम्बर प्रदेशको पर्यटन प्रबद्र्धन गर्नु रहेको जानकारी गराए ।
कन्भेन्सन आयोजनाकालागि लायन्स क्लब अफ विराटनगर युनाईटेडका प्रेसीडेन्ट मोहनकुमार सुवेदीको अध्यक्षतामा ७१ सदस्यीय होस्ट कमिटि गठन गरिएको जानकारी दिइएको छ ।
यसैगरी सहआयोजक क्लबकोेरुपमा पूर्वका विभिन्न ४६ वटा क्लब रहेका छन । कार्यक्रममा सहभागी हुने अतिथिहरुलाई प्रदेश नम्बर १ का विभिन्न पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण गराईने छ ।
यस्तै कन्भेन्सनको आर्कषणकोरुपमा नगरक्षेत्रका विभिन्न १२ ठांउमा स्वागतद्वार निर्माण गरिएको छ । कन्भेन्सनको मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्ने आयोजकले जनाएको छ ।