पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक पक्राउ, बाँस्कोटा भन्छन्, सवै विषयको छानविन होस्

२८ फागुन ७६, बुधबार
Share this
731shares

२८ फागुन, काठमाडौं ।
पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नो निवासमा बम विष्फोट भएको घटनामा सबै विषयको छानबिन हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

Advertisement

बुधबार बिहान बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित निवासमा शक्तिशाली विष्फोट भएको थियो। यो घटना प्रतिबन्धित विप्लव समूहले गराएकोमा सुरक्षा निकाय स्पष्ट छ ।

‘मैले सम्पूर्ण रुपमा सबै विषयहरुको छानबिन होस् भनेरै राजीनामा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन, सबै विषयको छानबिन हुनुपर्छ, बाँस्कोटाले भने ।

Advertisement

यसैबीच बम बिस्फोट गराएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार गुरुङमाथि प्रारम्भिक बयान लिने काम भइरहेको छ। बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घर नजिक बम विस्फोट भएको थियो। विस्फोट गराउन प्रयोग गरिएको रिमोट घटनास्थलबाट करिब १० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ।

Advertisement

त्यस्तै घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top