Nepal Times
Nepal Times
3
Shares

नारायणहिटी दरबार संग्रहालय अवलोकन शुल्क शतप्रतिशत वृद्धि

नारायणहिटी दरबार संग्रहालय अवलोकन शुल्क शतप्रतिशत वृद्धि

३० फागुन, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय अवलोकन शुल्क ११ वर्षपछि शतप्रतिशत वृद्धि भएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी शुल्क वृद्धि गरेको हो । समितिले गणतन्त्र स्मारक, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र संग्रहालयको अवलोकन गर्न पाउने गरी शुल्क वृद्धि गरेको जनाएको छ।

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नारायणहिटी संग्रहालयसहित तीन स्थानको अवलोकन गर्न र संग्रहालयलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न शुल्क वृद्धि गरेको स्पष्ट पारे । समितिको फागुन १९ गतेको बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव अध्यक्ष हुने व्यवस्था छ। समितिका कार्यकारी निर्देशक दाहालले संग्रहालयमा थप सामग्री राख्ने गरी शुल्क वृद्धि गरेको बताए।

समितिले चैत १ देखि ३० गतेसम्म निःशुल्क अवलोकन गर्न मिल्ने गरी गणतन्त्र स्मारक खुला गर्न लागेको छ । तर ९ वर्षभन्दा मुनिका विद्यार्थी र ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई ५०, नेपाली नागरिकलाई २ सय, सार्क र चिनियाँ मुलुकका पर्यटकलाई ५ सय र अन्य मुलुकका पर्यटकलाई १ हजार रुपियाँ तोकिएको छ ।

यसअघि विद्यार्थीलाई २०, नेपालीलाई १ सय, सार्क र चिनियाँ पर्यटकलाई २ सय ५० र अन्य मुलुकका पर्यटकलाई ५ सय रुपियाँ तोकिएको थियो। संग्रहालयमा राजा वीरेन्द्र परिवारले चढ्दै आएको हेलिकोप्टर र हवाईजहाज प्रदर्शनीमा राख्ने तयारी गरिएको छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.