विराटचोक, चैत ९
मोरङको सुन्दरहरैचा नगरपालिकाले करको दर रेट अत्याधिक वढाएको कारण आफूहरु मारमा परेको भन्दै स्थानीयले पुर्नःविचार गर्न माग गरेका छन ।
नगरपालिकाले करको भार थाम्न नसक्ने गरी दर रेट बढाएको भन्दै वडा नम्वर– ६ का स्थानीयले पुर्नविचार गर्न सरकारसँग माग गरेका छन् । गछियामा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको करको दर पुर्नःविचार गर्ने माग सम्वोधन नगरिए आन्दोलन गर्ने चेतावनी दिइएका छन् ।
पत्रकार सम्मेलनमा सामान्य सिफारिस देखि एकीकृत सम्पतिकर, चारकील्ला प्रमाणितका साथै नगरपालिकाले उठाउने सवै कर बढाएर सर्वसाधारणको ढाड सेक्ने काम नगरपालिकाले गरेको उनीहरुले आरोप लगाएका छन ।
पत्रकार सम्मेलनमा पूर्व गाविस उपाध्यक्ष राजकुमार तामांङ, पूर्व वडाध्यक्ष अर्जुन तिम्सिना लगायतकोसमेत सहभागिता रहेको थियो ।