विराटनगर, चैत ९
एकदिवसिय क्रिकेटमा मान्यता पाउन सफल नेपाली क्रिकेट टोलीका बलर ललितनारायण राजवंशीलाई विराटनगरमा सम्मान गरिएको छ ।
विराटनगर १४ जतुवाका स्थायीबासिन्दा राजवंशीलाई सिटी कलेजले आज एक कार्यक्रमको आयोजनागर्दै सम्मान गरेको हो । सो कलेजका विद्यार्थी समेत रहेका राजवंशीलाई कलेजका प्राचार्य र विद्यार्थीहरुले सम्मान गरेका हुन ।
सिटी कलेजका अध्यक्ष सुरेशकुमार नौलखा, क्याम्पस प्रमुख तीर्थराज घिमिरे,प्लस टू का प्रिन्सीपल उद्धव भट्टराई र एकेडेमिक डाइरेक्टर घमचन्द नेपाल लगायतले राजवंशीलाई फुलमाला र अबिर लगाएर सम्मान गरे ।
सो अवसरमा क्याम्पस प्रमुख घिमिरेले नेपाली क्रिकेट टोलीका खेलाडीहरुको लगनशीलता र मेहनतले बिश्वको क्रिकेट खेल जगतमा नेपालीको पहिचान कायम हुन सफल भएको बताए ।