वाईडवडीको भ्रष्टाचारमा संलग्नमाथि कारवाही गर्न माधव नेपालको माग

३० फागुन ७६, शनिबार

३० फागुन, काठमाडौँ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पुर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पुर्वाग्रह नराखी कारवाही गर्न माग गरेका हुन् ।

उनले तारा गाउँ, वाईडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कयाँै प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए । उनले भने “तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरु खडा भएका छन् । वाईडवडीमा त देखा देखी बद्मासी छ । त्यो भईसकेपछि त्यसलाई छानविन, अगाडि बढाउने , कारवाहीको विषय बनाउने । जो सुकै होस् छोड्ने कुरा आउँदैन । जो सुकै जुनसुकै क्षेत्रमा होस् । आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन । पुर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । दोषीले सँजाय भोग्नुपर्छ । ”

उनले विकास निर्माण लगायतका आयोजनाहरु बनाउँदा दीर्घकालिन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिए । छोटो समयमा नै असफल देखिने योजनाहरु बनाईएको भन्दै उनले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे । लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाईएको एरोवृजको उदाहरण दिँदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालिन सोच राख्न नसकिएको बताए ।

उनले भने “कति आउछन् लुम्बिनीमा त्यो सबै सोचेर बनाए हुदैन ? त्यसको पार्ट वान अहिले लागु गरौ । पार्ट टु त्यसपछि लागु गरौ । पार्ट थ्रि त्यसपछि लागु गरौ । पार्ट वानमा एरोवृज छदै छैन । त्यस्तै उदाहरण हो यो काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट । एयरपोर्टको सिंगो जग्गा कति विस्तार गर्न सकिन्छ र के के गर्न सकिन्छ भन्ने बारेमा परसम्मको सोच कहिलेही पनि भएन । हामी कहाँ सबै कुराहरुमा सोच छैन । पुल बनाउदा त्यस्तै छ । घर बनाउँदा पनि त्यस्तै छ । स्टडी रुम हुदैन । बालुवाटारमा जाँदाखेरी देखेँ । प्रधानमन्त्रीले पढ्ने कोठै छैन । कस्ता प्रधानमन्त्री तास खेलेर बस्ने हो कि जुवा खेलेर बस्ने हो ? पञ्चायत कालमा त त्यो भयो भयो बहुदलकालमा त त्यस्तो नहुनुपर्ने । यस्तो छ हाम्रो देशमा । मन्त्री क्वाटर त्यस्तै हो ।”

उनले टर्किस एयरलायन्सले काठमाण्डौँमा लिने हवाई इन्धनको मुल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाआकर्षण गराए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top