×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने

१ चैत्र २०७६

१ चैत्र, काठमाडौं ।
नेपालकै सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने भएको छ ।

विसं १९७१मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलका पुराना भवनमा कैदीबन्दी राख्दा समस्या उत्पन्न हुँदै गएपछि छ वटा नयाँ निर्माण गर्न लागिएको हो । केन्द्रीय कारागार कार्यालयका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले सरकारले छ वटा भवन निर्माण गर्ने लक्ष्य राखेपनि तीनवटा भवन निर्माणकार्य भइरहेको बताए ।

Advertisement
Advertisement

“दुई वर्षमा छ वटै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार तीनवटा भवन निर्माणकार्य भइरहेको छ, बाँकी तीनवटा भवनपनि चाँडो निर्माण गर्ने तयारीमा छौँ”, उनले भने ।

भ्याटबाहेक रु ३८ करोड लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उक्त कारागारका प्रत्येक भवन चारतल्ले हुनेछन् । यस्तै, तीन हजार कैदीबन्दी सजिलैसँग अट्नेगरी भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणको जिम्मा विकोई किराँतेश्वर जेभीले लिएको छ ।

केन्द्रीय कारागार कार्यालय भवन १९५० को दशकमा निर्माण भएको थियो । विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले केन्द्रीय कारागार भवनमा क्षति पुगेको थियो । बयालिस रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । कारागारमा हाल तीन हजार ३०८ कैदीबन्दी छन् ।

जसमध्ये, केन्द्रीय जेलमा एक हजार ९७२, भद्र जेलमा ९२३ र महिला जेलमा ४०२ कैदीबन्दी छन् । यस्तै कारागारभित्र ११ जना नावालकसमेत रहेको प्रमुख बास्कोटाले बताए ।

कारागार व्यवस्थापन विभागले गरेको सर्वेक्षणअुनसार केन्द्रीय कारागारको क्षमता एक हजार ४५० भएपनि हाल दोब्बरभन्दा धेरै कैदीबन्दी बस्दै आएका छन् । धेरै कैदीबन्दीलाई एकैठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामीसमेत हुने गरेका छन् ।

काठमाडौँको डिल्लीबजारसमेतमा अर्को जेल रहेको कारण महिला कैदीबन्दी भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा आएको छ ।

कूल ३० श्यया क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ । यस्तै, कैदीबन्दीको अध्ययनका लागि तीनवटा विद्यालय पनि कारागारभित्र सञ्चालित छन् ।

कक्षा एकदेखि आठसम्म पढाई हुने बन्दी आधारभूत विद्यालय, कक्षा एकदेखि पाँचसम्म पढाई हुने महिला बन्दी विकास आधारभूत विद्यालय र कक्षा एकदेखि १२सम्म पढाई हुने जगन्नाथ माध्यामिक विद्यालय रहेका छन् ।

उक्त विद्यालयमध्ये बन्दी आधारभूत विद्यालय भद्र जेल, महिला बन्दी विकास आधारभूत विद्यालय महिला जेल र जगन्नाथ मावि केन्द्रीय जेलमा सञ्चालित छन् । कैदीबन्दीको रोजगारीका लागि केन्द्रीय कारागारभित्र कारागार कारखानासमेत स्थापना गरिएको छ ।

कारागार व्यवस्था विभागका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई÷दुई वटा कारागार छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुल्सीपुर दुई स्थानमा कारागार रहेका छन् ।

Advertisement

धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् । (रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top