नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

२ चैत, कञ्चनपुर । नेपाली भूमिमा नेपाल-भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुर बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसका नेता र कार्यकर्ताले सीमा स्तम्भ भत्काएका छन् । शनिबार कांग्रेस कार्यकर्ताले सहायक सीमास्तम्भ तोडफोड गरेका हुन् ।

उक्त सीमास्तम्भ केही दिनअघि नेपाल-भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरिएको थियो ।

शशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले कांग्रेस कार्यकर्ताले सीमास्तम्भ तोडफोड गरेको जानकारी दिए ।

गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषयभन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए ।

तत्कालीन संविधानसभाका सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए ।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो । (रासस)

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top