कोरोना भाइरसबारे सार्कमा आबद्ध राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्स

२ चैत, काठमाडौँ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आज साँझ कोरोना भाइरस अर्थात कोभिड(१९) बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाको रोकथामका दागि कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्स वार्ता हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार साँझ सवा ५ बजे सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्समार्फत कोरोनाविरुद्ध कसरी संयुक्त रूपमा लाग्ने भन्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ’एक्सन रुम’ बाट आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्रै बालुवाटार फर्किएका हुन् । उनी उपचारको क्रममा १२ दिन त्रिवि शिक्षण अस्पताल महाराजगन्जबसेका थिए। अस्पतालबाट डिस्चार्ज भएपछि ओली पहिलो पटक प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार छिर्न लागेका हुन्।

सार्कमा रहेका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका कार्यकारी प्रमुखहरूबीच छलफल हुने भएको हो ।भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण कामविहीन बनेको सार्कपछिल्लो समय निष्क्रिय भएको थियो । यी दुई देशको द्वन्द्वका कारण पाकिस्तानमा हुने भनिएकोसार्कको१९ औंशिखर सम्मेलन पनि हुन सकेको थिएन ।

कोरोनाको संक्रमण सार्क राष्ट्रहरूमा पनि बढ्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो क्षेत्रीय संगठनमार्फत त्यसविरुद्ध संयुक्त रूपमा लड्‍नुपर्ने प्रस्ताव गरेका थिए । मोदीको प्रस्तावको नेपाल, भुटानलगायत देशले सुरुमा नै स्वीकार गरेका थिए । पाकिस्तानलेभनेशनिबारमात्रै उक्त प्रस्ताव स्वीकारेको थियो ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले बैठकको समयको प्रस्ताव गरेका थिए । उनले स्वस्थ विश्वका लागि समयमै पहल लिनुपर्ने भन्दै आइतबार साँझ छलफलको समय प्रस्ताव गरेका थिए । उनले सबै राष्ट्र एकजुट भएर लागेमा यसक्षेत्रका जनतालाई फाइदा हुने ट्विट गरेका छन् ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top