×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

२ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कोरोनाका लागि एकजुट)
कोरोना भाइरस संक्रमण भित्रिन नदिन केन्द्र सरकारले बजेटको व्यवस्था गरिदिनु पर्ने सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग/ उपप्रधान ईश्वर पोखरेलको नेतृत्वमा गठित कारोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सहभागिता ।

Advertisement
Advertisement

 

२.(कोरोनाले जोड्यो)
कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत दक्षिण एसियाली देशहरुद्वारा साझा रणनीति बनाउने विषयमा भिडियो संवाद /संवादमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्नभव र अब गर्न सकिने कामका बारेमा राय प्रस्तुत ।

३.(पर्यटनका सपना)
पर्यटन क्षेत्रको दिर्घकालीन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको पर्यटन मन्त्रीको योगेश भट्टराईको भनाई /पर्यटन क्षेत्रको विकासका लागि केन्द्र सरकार एक्लैले केही गर्न नसक्ने उल्लेख ।

४.(तयारी राम्रो)
तराई मधेसको बाढी र डुबान लगायत समस्या समाधानका लागि सबै तहका सरकारसंग समन्वय भईरहेको उर्जामन्त्री बर्षमान पुनको स्पष्टोक्ति/सबै भन्दा बढी कोशी र नारायणी क्षेत्रको चुरे बढी जोखिममा रहेको उल्लेख ।

५.(संयमता अपनाउ)
नेपालमा कोरोना भाईरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै संयमित हुन सरकारको अपिल / भयभीत र आतंकित नबन्न स्वास्थ्य मन्त्री भानुभक्त ढकालको आग्रह /एसइईको परीक्षा सर्न सक्ने ।

६.(निजामतिमा राजनीति)
निजामति सेवा ऐनको विधेयक अन्तिम चरणमा पुगेपनि सामान्य प्रशासन मन्त्री ह्देयश त्रिपाठीले राजनीतिक सहमति जुटाउन समय मागेपछि सांसदहरु आक्रोशित / विभिन्न बाहनामा सरकारले सार्न र टार्न खोजेको भए विधेयक नै फिर्ता लैजान चेतावनी ।

७.(उपभोक्ता नै अनुगमनकर्ता)
विपद्को समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने उद्योगमन्त्री लेखराज भट्टको भनाई /सूचनाको आधारमा विभागले कारवाही नगरे आफुलाई भन्न आग्रह ।

८.(ग्यासको लाइन नबस्नुस्)
प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने नेपाल आयल निगमको भनाई /विपदको समयमा बजारमा कृत्रिम अभाव देखिएपनि अभाव नै नहुने उल्लेख ।

९.(डेंगी पनि आयो)
गर्मी सुरू भएसँगै पछिल्लो दुई महिनामा देशभर ३६ जनामा डेंगीका विरामी फेला/डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको टेकु अस्तपतालको भनाई ।

१०.(रहस्यमय मृत्यु)
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैद्य घरेलु मदिरा सेवनबाट ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरमा थप चारजनाको शंकास्पद मृत्यु /अन्य तीनजनाको अवस्था चिन्ताजनक ।

११.(सीमामा कांग्रेसको राजनीति)
नेपाली भूमिमा सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताद्वारा कञ्चनपुरस्थित सीमास्तम्भ तोडफोड/ सीमा विवादको विषय छलफलको विषयबन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको शशस्त्र प्रहरीको भनाई ।

१२.(ब्यवसायी स्वार्थी बन्दै)
अन्तर्रा्िष्ट्रय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि नेपालमा पनि मूल्य घट्ने भएकाले पेट्रोलियम व्यवसायीहरुले आइतबार निगमको डिपोबाट पेट्रोल नै उठाएनन् /अधिकांश पेट्रोल पम्पहरुद्धारा पेट्रोल बेच्न नै बन्द, केही पम्प बन्द ।

१३.(समय थप)
नेपाल स्टक एक्सचेन्ज (नेप्से)द्वारा आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप / नेप्सेको कारोेबार समय बढ््दा बजारमा सकारात्मक फाइदा पुग्ने नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदलको दावी /समय बढाउँदा कारोबार रकम अझ बढ््न सक्ने अपेक्षा ।

१४.(कोरोनाले छाडेन)
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण खेलकुदका गतिविधि पनि ठप्प / भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि अन्तिम चरणमा रहेका विश्वको चर्चित फुटबल लिगहरु समेत प्रभावित ।

Advertisement

र,
१५.(भयावह बन्दै कोरोना)
तीव्र रुपमा फैलिएको कोरोना भाईरस १ सय ५२ वटा मुलुकमा देखा परेको पुष्टि / भाईरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ३९ जनाको मृत्यु /१ लाख ५६ हजार संक्रमित /७५ हजार ९ सय ३७ जना उपचार पछि घर फर्किए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top