×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनालाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको छ : प्रधानमन्त्री

२ चैत्र २०७६

२ चैत, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजकता अपनाएको बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका हुन् ।

आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कन्फरेन्समा सहभागी हुँदै ओलीले कोरोनाको संक्रमण हाल नेपालमा नरहेको बताउँदै नेपालमा भेटिएको एकमात्र कोरोना संक्रमित बाहिरबाट आएको र ती व्यक्तिलाई निको भएको उल्लेख गरे।

Advertisement
Advertisement

सरकार कोरोना प्रकोप हुन रोक्नका लागि विभिन्न तहमा काममा लागेको ओलीले जानकारी दिए।प्रधानमन्त्री ओलीले कोरोनाको सम्भावित संक्रमणलाई ध्यानमा राखेर अस्पतालहरुमा आइसोलेसन सेन्टर स्थापना गरिनुका साथै क्षमतावृद्धि गरिएको बताए। प्रधानमन्त्री ओलीले नेपालले नेपाल भ्रमण वर्ष २०२० तथा तेस्रो मुलुकका गतिविधि र अन्तर्रा्ष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको पनि बताए। उनले अन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरदेखि स्थानीय तहसम्म रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको बताए ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतीय समकक्षी नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखेकामा सार्कका नेताहरुलाई धन्यवाद दिएका थिए।

भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् कोरोना रोकथामका लागि छलफल गर्न आव्हान गरेपछि सार्कका सबै राष्ट्रले समर्थन गर्दै उक्त ‘भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कम ब्याटिङ कोरोना भाइरसस् सेटिङ यान एक्जाम्पल फर द वल्र्ड’ मा सहभागी भएका हुन् ।

Advertisement

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top