मेलम्ची आयोजनाको मुख्य सुरुङमा गरिएको परीक्षण सफल, असोज अगावै पानी काठमाडौं पुग्ने

३ चैत, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर सोमबार गरिएको सुरुङको परीक्षण सफल भएको छ । आयोजनाको मुहानस्थित ’हेड वर्क्स’बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो ।

खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा आयोजनाको मुहान स्थलमा सुरुङ परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए । खत्रीका अनुसार मुहानमा अस्थायी बाँध बनाएर सुरुङको परीक्षण गरिएको हो ।

चिनियाँ र इटालियन कम्पनीले एकतर्फी ठेक्का तोडेर गएपछि पुनःठेक्का लगाएर असोजभित्र सक्ने गरी सुरुङको फिनिसिङ र हेडवर्क्सको काम दिइएको थियो । समय अगावै काम सकेमा पुरस्कारको समेत व्यवस्था गरेको आयोजनाले जनाएको छ । यही रफ्तारमा काम भएमा असोज अगावै मेलम्चीको पानी काठमाडौं पुग्ने कार्यकारी निर्देशक खत्रीको दाबी छ ।

आयोजनाको सुरुङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको खत्रीले जानकारी दिए । सुरुङमा गेट र भेन्टिलेशन राख्ने काम बाँकी रहेको उनले बताए । गेट र भेन्टिलेशनको काम सकेपछि पानी काठमाडौं लान सकिने उनको भनाइ छ । हेलम्बुको अम्बाथानबाट २६ किलोमिटर लामो सुरुङमार्फत मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी पहिलो चरणमा सुन्दरीजल पुर्‍याउने आयोजनाको लक्ष्य छ ।

करिब दुई दशकअघिबाट निर्माण सुरु भएको आयोजना पटक(पटक म्याद सार्दै आगामी असोज मशान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट १७(१७ करोड गरी कुल ५१ करोड लिटर पानी राजधानी लाने आयोजनाको लक्ष्य छ । दोस्रो चरणको योजनाका लागि जग्गा अधिकरण र प्रवेश मार्ग निर्माणको काम पनि सुरु गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top