सरकारले बरामद भएका मास्क साझा स्वास्थ्य सेवा सहकारीमार्फत बिक्री गर्ने

५ चैत ७६, बिहीबार

५ चैत, काठमाडौँ ।
सरकारले कालोबजारी गर्ने व्यापारीबाट बरामद गरेका मास्क साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत बिक्री गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अवैध रुपमा लुकाइ राखिएको अवस्थामा बरामद भएका मास्कमध्ये ५ लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत ब्रिकी गर्ने निर्णय गरेको हो ।

सरकारले काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा अवैध रुपमा लुकाइ राखेका मास्क बरामद गरिरहेको छ । बुधबार मात्रै काठमाडौंको सानो र्भयाङबाट १० लाख थान मास्क बरामद गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top