भारतीय सीमा क्षेत्रबाट कोरोनाको उच्च जोखिममा नेपाल

६ चैत, काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो ।

कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको हो । भारतमा तिव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चेकजाँचमा कडाई गरी नेपालभित्र प्रवेश गर्नै गर्न नदिने योजनाका साथ अगाडी बढ्ने विषयमा बैठकमा छलफल भएको बताए ।

अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेलाई कडा कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ । अफवाह फैलाउने र अनर्गल प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ । यसैगरी धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भिड हुने गरेको उल्लेख गर्दै कार्यकारी प्रमुख पोखरेलले पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँ समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने र बसपार्क जस्ता धेरै भिड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

कोरोना भाइरसका कारण विश्वभरी करिब ९ हजारको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन् । सरकारले चैत महिनामा सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top