धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न पर्यटन मन्त्रीको अपिल

६ चैत, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमापुर्नविचार गर्न अपिलगरेका छन् । कोरोनाभाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता अपनाउन र कार्यक्रमहरुमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरेका हुन् ।

सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरु, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए । उनले भने ‘अहिलेको परिस्थिति समान्य परिस्थिति होइन । कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन । त्यसकारणले कुनैपनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापहरुमा समेत पुर्नविचार गर्नुप¥यो । पूर्ण सावधानी अपनाउन प¥यो ।’

मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्थागर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताए । उनले देश बहु धार्मिक बहुभाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरुले संयमता अपनाई आफ्ना कार्यक्रमहरुमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन ।

अहिले पशुपति क्षेत्रवरिपरि विभिन्न जात्रा सुरु हुन लागेको, बुद्ध धर्मावलम्बीहरुको सामुहिक प्राथना हुने र त्यस्तै भोली शुक्रबार मुस्लिम धर्मावलम्बीहरुको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरुको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरेका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top