अदालतका कामकारबाही बन्द गर्ने वा नगर्ने भन्ने बारे निर्णय लिन सर्वोच्चमा फूलकोर्ट

७ चैत, काठमाडौं । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण का कारण अदालतहरूले कसरी काम गर्ने भन्नेबारे निर्णय लिन भन्दै सर्वोच्च अदालतमा फूलकोर्ट बसेको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठकलाई फूलकोर्ट भनिन्छ ।

फूलकोर्ट बस्ने भनेर आज कुनैपनि मुद्दाको पेशी तोकिएको छैन । सर्वोच्चले बिहीबारै आकस्मिक फूलर्कोट बस्ने भएकाले शुक्रबार पेशी नतोक्ने सूचना निकालेको थियो ।

केहीबेर अघिदेखि बैठक बसिरहेको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । मुलुकभरका अन्य अदालतमा भने काम भइरहेको छ ।

केही दिन अघि वकिलहरूको छातासंगठन नेपाल बार एशोसिएशनले अत्यावश्यकबाहेकका मुद्दा नहेर्न र अदालतको दैनिक कामकारबाही स्थगित गर्न सर्वोच्चलाई सुझाव दिएको थियो ।

उक्त सुझावपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कोरोना भाइरस संक्रमणबाट जोगिन के गर्ने भन्नेबारे निर्णय लिन फूलकोर्ट बोलाएका हुन् । यो बैठकले अत्यावश्यकबाहेक मात्रै मुद्दा हेर्ने र अदालतका अरू कामकारबाही बन्द गर्ने वा नगर्ने भन्ने बारे निर्णय लिनेछ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top