कोरोनाविरुद्धको लडाईमा सरकारलाई कांग्रेसको साथ

८ चैत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको लडाईमा सरकारसँगै रहेको जनाएको छ ।

कांग्रेसले कोभिड—१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिवद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाईका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए । शर्माले पार्टीको क्रियाशिल सदस्यता वितरण र नविकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताएका छन ।

चैत ९ गतेबाट चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नविकरणका कामहरु रोकिएको उनले बताए ।  फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताए ।

सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, १० गतेबाट लामो दुरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ । यसैगरी १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय गरेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top