Nepal Times
Nepal Times
3
Shares

विराट गोल्डकप फुटबल प्रतियोगिताको ८० प्रतिशत तयारी पुरा

विराट गोल्डकप फुटबल प्रतियोगिताको ८० प्रतिशत तयारी पुरा

विराटनगर, चैत १०
चैत १७ देखिहुने विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि धमाधम तयारी भइरहेको छ । प्रतियोगिताका लागि मैदानदेखि लिएर व्यवस्थापनसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्याराफिट डिभाईड, मैदान तयार, प्रवेशद्धार निर्माण, भीआईपी लाउन्ज, रातिका लागि लाइट र सीसी क्यामेरा जडान, स्टेज सजावट लगायतका काम धमाधम भइरहेका छन् ।

प्रतियोगिताको पाँचौं संस्करण रुपमा चैत १७ देखि २६ गतेसम्म गोल्डकप हुँदै छ । विराटनगरको प्रतिष्ठासंग जोडिएको गोल्डकपलाई व्यवस्थित रुपमा आयोजना र सम्पन्न गर्नका लागि २६ वटा उपसमितिहरु गठन गरिएका छन् ।

प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टिमले सहभागिता जनाउने छन् । पूर्वघोषित बंगलादेशी टिम भने नआउने भएको छ । बंगलादेश नआउने भएपछि भारतकै दुईवटा टिम गोल्डकपमा आउने भएका छन् । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिम सहभागी हुँदैछन् ।

२०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो । गोल्डकपमा उद्घाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । आयोजकले दर्शकलाई आकर्षित गर्नकै लागि रात्रिकालीन खेल खेलाउन लागिएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.