सेनाले भन्यो-हेलिकप्टरबाट औषधि छर्ने योजना छैन, झुटो समाचारमा विश्वास नगर्नुस्

८ चैत ७६, शनिबार
Share this
720shares

८ चैत, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि हेलिकप्टरबाट औषधि छर्ने सुचना फैलिएको प्रति नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ । सेनाले शनिबार एक विज्ञप्ति निकाल्दै यस्तो कुनै योजना नभएको र भ्रामक समाचारमा विश्वास नगर्न आगह गरको हो ।

Advertisement

शनिबार विभिन्न सामाजिक सञ्जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोभिड–१९ विरुद्ध किटनासक औषधि छोडिने सूचना फैलाइएको थियो । सेनाको विज्ञप्तिमा भनिएको छ–‘नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ ।’

सेनाले संवेदनशील घडीमा भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न अनुरोध गर्दै कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै आन्तरिक रुपमा भाइरसको रोकथाम र सम्भावित महामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी भने सुरु गरेको जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top