दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटियो

१० चैत ७४, शनिबार
Share this
749shares

चितवन चैत १०
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर भन्दा दक्षिणमा एउटा पोथी बाघ आज मृत फेला परेको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटे बाघ मृत फेला परेको हो ।

Advertisement

बाघको टाउको, भूडी, गालामा गम्भीर चोट देखिएको छ । १०/१५ दिनअघि अर्को बाघसँग जुधेर घाउ भएको उहाँको अनुमान छ । राप्ती नदी किनारमा आधा शरीर पानीमा डुवेको अवस्थामा बाघ मृत भेटिएको उनले बताए ।

अर्को बाघसँग जुधेर घाइते भएको उक्त बाघ घाउको संक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ रहेका छन् । यो आर्थिक वर्षमा यसरी बाघ मरेको पहिलो हो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top