Nepal Times
Nepal Times
3
Shares

गाउँमा कविताको २२ औं शृंखला सम्पन्न

गाउँमा कविताको २२ औं शृंखला सम्पन्न

विराटनगर, चैत १०
मोरङको झोराहाटस्थित होराहाट नाट्य केन्द्रको ‘गाउँमा कविता’ शृंखला शनिबार सम्पन्न भएको छ । २२ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा विराटनगरका विवश पोखरेल, काठमाडौंका आरएम डंगोल, भोजपुरकी कविता राई र संखुवासभाका कवि ताराबहादुर बुढाथोकीले आ–आफ्ना कविता प्रस्तुत गरेका छन् ।

पोखरेलले ‘बग्दैबग्दै जाने छोरासँग’, ‘ऊसँगको भेटमा’, ‘एउटी नगरबधुको डायरी’ र ‘प्रेम दिवस’ शीर्षकका कविता प्रस्तुत गरका थिए । त्यस्तै कवि डंगोलले ‘अन्तर’, ‘गुनासो’, ‘घडीको समय’ र ‘चरणमा एक साँझ’ शीर्षकका कविता वाचन गरेका थिए ।

कवियत्री राईले ‘आमा, जुन र भाले’, ‘ड्रप आउट’, ‘विदुर प्रेमी’ र ‘एकलाभ’ शीर्षकका कविता प्रस्तुत गरेकी थिइन् भने बुढाथोकीले ‘मनै त हो आखिर’, ‘नसोध यता के हाल छ’, ‘म नारी हुँ’ र ‘अन्यौलको गोधुलीमा उभिएर’ शीर्षकका कविता प्रस्तुत गरेका थिए ।

नाट्य केन्द्रले हरेक महिनाको दोस्रो शनिबार चारजना कविका कविता वाचन शृंखला विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको केन्द्रका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए । वार्षिकोत्सवका अवसर पारेर नाट्य केन्द्रले वैशाखमा सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.