पाँचथरमा खोलामा डुबेर बालिकाको मृत्यु

१५ चैत ७६, आइतबार

१६ चैत्र, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका ४ याङसिबुङ बस्ने आईतबहादुर योङहाङको १४ बर्षीया छोरी रेश्मा योङहाङको काबेली खोलामा डुबेर मृत्यु भएको छ ।

Advertisement

शनिवार दिउँसो साँढे २ बजेको समयमा काबेली खोलामा पौडी खेल्न भनी गएकी बालिका सोही खोलाको दहमा डुबेर मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top