आपसी सद्भाव सृजना गर्ने खालको शिक्षा आवश्यक : प्रदेश प्रमुख तुम्बाहाङ

९ चैत ७४, शनिबार

विराटनगर, चैत १०
प्रदेश नम्बर १ का प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले वर्तमान परिवेशमा आपसी सद्भाव सृजना गर्ने खालको शिक्षा आवश्यक रहेको बताएका छन् ।

जन कल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले शनिबार विराटनगरमा आयोजना गरेको विराट संस्कृति जागरण यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो ।

उनले शिक्षा चेतनाको आधार र विकासको जग भएकाले शिक्षाबाट कोही पनि वञ्चित नहुने वातावरण सृजना गर्नुपर्ने बताए । प्रदेश प्रमुख तुम्बाहाङले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षा विकासका निम्ति जनकल्याण प्रतिष्ठानले चलाएको एकल शिक्षा अभियानको प्रशंसासमेत गरे । उनले सृजनात्मक शिक्षाले नै क्षेत्रीय अखण्डता र आपसी सदभावलाई सदबृद्धि गर्न सक्ने बताए ।

Advertisement

विराट संस्कृति जागरण यात्राका प्रमुख संयोजक भीखमचन्द सरलले तराई र पहाडका गाउँहरुमा विगत २१ बर्षदेखि २ हजार १ सय एकल विद्यालय सञ्चालनमा रहेको बताए ।

उनले एक शिक्षक वा शिक्षीकाद्वारा सञ्चालन हुने विद्यालयहरुमा संस्कारयुक्त शिक्षा प्रदान गर्ने गरिएको समेत बताए । उनले एकल विद्यालय अभियानका अन्र्तराष्ट्रिय प्रभारी श्याम गुप्ताले एकल विद्यालयमार्फत स्वाभिमानी नेपाली युवा उत्पादन अभियान चलाइएको बताउनुभयो । कार्यक्रममा कालकारद्वय सुनिल थापा र गौरी मल्ल लगायतको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top