सुनसरि, चैत १०
प्रदेश एकमा उद्योग, वन वातावरण तथा पर्यटनमंत्री जगदिशप्रसाद कुसियतले अधिकार प्राप्तीका लागि हरेक नागरिकको योगदान जरुरी रहेको बताए ।
जायज मुद्दामा अधिकार प्राप्तीका लागि लड्नु परे पनि स्वयं आफु अब्बल हुन सके कसैको भर पर्नु नपर्ने मंत्री कुसियतको भनाइ छ ।
सुनसरी सदरमुकाम इनरुवामा नेपाल वैश्य युवा समाज जिल्ला कार्य समिति सुनसरीद्धारा आयोजित अगुवा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुसियतले समृद्ध मूलुक निर्माणका लागि हरेक वर्ग र समूदायका नागरिकको भूमिका महत्वपूर्ण रहने धारणा राखे ।
वैश्य समाजकी अगुवा १ सय ९ वर्षिया नथरीदेवी साहसहित जिल्लाभरका ३ सय बढी वैश्य समूदायका अग्रजहरुलाई मन्त्री कुसियत, प्रदेश सांसद ज्योति सुब्बा र इनरुवा नगरप्रमुख राजन मेहताले सम्मान गरेका थिए ।