Nepal Times
Nepal Times
3
Shares

आपसी सद्भाव सृजना गर्ने खालको शिक्षा आवश्यक : प्रदेश प्रमुख तुम्बाहाङ

आपसी सद्भाव सृजना गर्ने खालको शिक्षा आवश्यक : प्रदेश प्रमुख तुम्बाहाङ

विराटनगर, चैत १०
प्रदेश नम्बर १ का प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले वर्तमान परिवेशमा आपसी सद्भाव सृजना गर्ने खालको शिक्षा आवश्यक रहेको बताएका छन् ।

जन कल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले शनिबार विराटनगरमा आयोजना गरेको विराट संस्कृति जागरण यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो ।

उनले शिक्षा चेतनाको आधार र विकासको जग भएकाले शिक्षाबाट कोही पनि वञ्चित नहुने वातावरण सृजना गर्नुपर्ने बताए । प्रदेश प्रमुख तुम्बाहाङले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षा विकासका निम्ति जनकल्याण प्रतिष्ठानले चलाएको एकल शिक्षा अभियानको प्रशंसासमेत गरे । उनले सृजनात्मक शिक्षाले नै क्षेत्रीय अखण्डता र आपसी सदभावलाई सदबृद्धि गर्न सक्ने बताए ।

विराट संस्कृति जागरण यात्राका प्रमुख संयोजक भीखमचन्द सरलले तराई र पहाडका गाउँहरुमा विगत २१ बर्षदेखि २ हजार १ सय एकल विद्यालय सञ्चालनमा रहेको बताए ।

उनले एक शिक्षक वा शिक्षीकाद्वारा सञ्चालन हुने विद्यालयहरुमा संस्कारयुक्त शिक्षा प्रदान गर्ने गरिएको समेत बताए । उनले एकल विद्यालय अभियानका अन्र्तराष्ट्रिय प्रभारी श्याम गुप्ताले एकल विद्यालयमार्फत स्वाभिमानी नेपाली युवा उत्पादन अभियान चलाइएको बताउनुभयो । कार्यक्रममा कालकारद्वय सुनिल थापा र गौरी मल्ल लगायतको सहभागिता थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.